Harsamaya
सुन तोलामा ५ हजार बढी बढ्यो
सांकेतिक तस्विर : हर समय/Har Samaya

काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला५५ सयले बढेर २ लाख ६७ हजार २०० मा कारोबार भइरहेको छ ।

सोमबार सुन २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी २० रुपैयाँ बढेर ४ हजार २५५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी ४ हजार २ सय ३५ रूपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update