देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम
काठमाडौं - देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२ ०५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

