Harsamaya
टी-२० विश्वकपको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा
फाइल तस्वीर

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा गरेको छ ।

शनिबार साँझ सार्वजनिक गरिएको टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल र आसिफ शेख रहेका छन् । यसैगरी, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र लोकेश बलले पनि टोलीमा स्थान पाएका छन् ।

टोलीमा आरिफ शेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिस जीसी र रुपेश सिंह पनि टोलीमा परेका छन् ।

आईसीसी टी–२० विश्वकपको १०औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ । समूहमा नेपालसँगै बंगलादेश, इङ्ल्यान्ड, वेस्ट इन्डिज र इटाली रहेका छन् ।

can-1766326994.jpg
 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update