Harsamaya
देशभर पश्चिमी वायुको आंशिक प्रभाव,तराई भूभागमामा हुस्सु
सांकेतिक त्सविर: हर समय/Har samaya

काठमाडौं - देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमामा हुस्सु लागेको छ । आज दिउँसो देशभर आंशिक बदली रहने छ । राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ  । 

देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update