Harsamaya
संसद् पुन:स्थापनाबारे कांग्रेस-एमालेबीच छलफल

काठमाडौं- नेपाली कांग्रेसका नेता श्याम घिमिरे र नेकपा एमाले नेता महेश बर्तौलाबीच संसद् पुन: स्थापना लगायतका विषयमा छलफल भएको छ ।

उनीहरूबीच शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो ।​​ कांग्रेस संसदीय दलको कार्यालयमा समसामयिक विषयमा छलफल भएको नेता बर्तौलाले जानकारी दिए ।​

बर्तौला विघटित प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका मुख्य सचेतक हुन् भने घिमिरे नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् ।

बर्तौलाले शनिबार बिहान मात्रै प्रतिनिधिसभा पुनःस्थापना गरेर संसद्को बैठक आव्हान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका थिए ।

कांग्रेस-एमाले दुवै दल संसद् पुन:स्थापनाको पक्षमा रहेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update