Harsamaya
रास्वपाका सभापति रवि लामिछाने रिहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएका छन् । 

शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेका हुन् ।

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई ३ करोड ७४ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । 

उच्च अदालतकै आदेशले उनी गत २०८१ चैत्र २२ गते काठमाडौंबाट पक्राउ परेका थिए । 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update