एमाले महाधिवेशन: सिन्धुपाल्चोकका आठ उम्मेदवारमध्ये चारले जिते, चारले हारे
काठमाडौं - नेकपा एमालेको ११औं महाधिवेशनमा सिन्धुपाल्चोकका चार जना एमाले केन्द्रीय सदस्य पदमा विजयी भएका छन् ।
केन्द्रीय उपाध्यक्ष देखि सदस्यसम्म उम्मेदवारी दिएका आठ जनामध्ये चार जना विजयी भएका हुन् । विजयी हुनेमा डोल्मा तामाङ, शेरबहादुर तामाङ, हस्त पण्डित र सुभाष कर्माचार्य रहेका छन् । उनीहरू सबै ओली प्यानलका हुन् ।
यता, ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका अरुण नेपाल, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका कमल नेपाल, टासि लामा र आङदोर्जे शेर्पा पराजित भए ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १५:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

