एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?
काठमाडौं - नेकपा एमालेको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
केन्द्रीय निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार अधिकांश ओली प्यानलका उम्मेदवार नै विजयी भएका छन् । अध्यक्षमा ओली, महसचिवमा शंकर पोखरले विजयी भएका छन् ।
उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्ट विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेलले बाजी मारेका छन् । उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी भए ।
सचिवमा भने छविलाल विश्वकर्मा,भानुभक्त ढकाल,पद्मा अर्याल, खगराज अधिकारी,यामलाल कँडेल,राजन भट्टराई,शेरधन राई,हिक्मत कार्की,महेश बस्नेतले बाजी मारेका छन् ।
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १५:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

