उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई विजयी
काठमाडौं - एमालेको महाधिवेशनबाट उपमहासचिवमा तीन जना विजयी भएका छन् । तीनमध्ये दुई जना केपी ओली समूहका हुन् । सात जना उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याएर लेखराज भट्ट विजयी भएका छन् । उनले १४५२ मत ल्याएका छन् ।
यस्तै रघुवीर महासेठले १३६८ मत लयाएर विजयी भए भने अर्का उपमहासचिवमा योगेश भट्टराई १३४८ मत ल्याएर विजयी भए । केपी ओलीका विश्वास पात्र विष्णु रिमाल भने पराजित भए ।
अन्य उम्मेदवारमा आनन्द प्रसाद पोख्रेलले ६३५ मत ल्याए । यस्तै राजेन्द्र प्रसाद गौतमले २७० मत ल्याए । यद्यपि उनको उम्मेदवारी फिर्ता भइसकेको थियो । यस्तै रिमालले १०१९ मत र वैजनाथ चौधरीले ५१७ मत ल्याएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १४:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

