Harsamaya
एमाले उपाध्यक्षमा ओली समूहकै वर्चश्व, गोकर्णले जोगाए ईश्वरको इज्जत
पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त ।

काठमाडौं  - नेकपा एमालेको ११औं महाधिवेशनमा उपाध्यक्षमा पाँच जना विजयी भएका छन् । ११ उम्मेदवारमध्ये पाँचले जित हात पारेका हुन् ।

उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी भएका हुन् ।

गुरुङले १७३७ मत ल्याउँदा, पौडेलले १६७५, थापाले १५१६, विष्टले १३ ६८ र पन्तले १२५८ मत ल्याएका थिए । पाँच जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको थियो ।

अन्यमा अरुण नेपालले ४३९, गुरु प्रसाद बराल ११३७, टंक प्रसाद कार्कीले ३५८, परशुराम मेघी गुरुङले ४६१, भीम प्रसाद आचार्यले २६५ र बिन्दा पाण्डेले ९२१ मत ल्याएका छन् । जित हात पारेका विष्टबाहेक सबै ओली समूहका नेता हुन् । 
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update