Harsamaya
महासचिवमा पोखरेल अगाडि, पदाधिकारीमा कसले कति मत ल्याए ?
शंकर पोखरेल ।

काठमाडौं - एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको ५० प्रतिशत मत गणना भइसकेको छ । सार्वजनिक मतपरिणाम अनुसार केपी ओली अगाडि छन् । बुधबार बाट भएको निर्वाचनको ४० वटा इलोक्ट्रोनिक मेसिनमा रहेको ११३९ मत गन्दा अध्यक्षमा केपी शर्मा ओली ८४१ मत ल्याएर अगाडि छन् भने ईश्वर पोखरेलले २९६ मत ल्याएका छन् । 

यसैगरी उपाध्यक्षमा अरुण नेपाल २२३, गुरु प्रसाद बराल ५८५, गोकर्ण राज विष्ट ७१७, टकं प्रसाद कार्की १८६ पर्शुराम मेघी गुरुङ्ग ३३४ पृथ्बी सुब्बा गुरुङ ९००, भिम प्रसाद आचार्य  १४३, रघु जी पन्त  ६१७, रामबहादुर थापा बादल ७७४, विन्दा पाण्डे ४७४ र  विष्णु प्रसाद पौडेल ८४६ मत ल्याएका छन् ।

यस्तै महासचिवमा शंकर पोखरेलले ६१३ र सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत ल्याएका छन् । उपमहासचिवमा आनन्द प्रसाद पोख्रेल ३३४, योगेश भट्टराई ७०९, रघुविर महासेठ ६८९, राजेनद्र प्रसाद गौतम १४०,  लेखराज भट्ट ७३४,  विष्णु प्रसाद रिमाल ५४० र वैजनान चौधरीले २७१ मत पाएका छन् । 

यस्तै सचिवमा अग्नि प्रसाद खरेल ३७७, इन्द्रलाल साप्कोटा २०९, कर्णबहादुर थापा ४४४, खगराज अधिकारी ६८०, कृष्ण गोपाल श्रेष्ठ ३२५, गोकुल प्रसाद बास्कोटा ५२८, छविलाल विश्वकर्मा ७६९, ठाकुर प्रसाद गैरे ४६२, पद्या कुमारी अर्याल ७७८, पुरुषोतम पौडेल २३०, पेम्वा लामा २५५, भानुभक्त ढकाल ५५२, महेश बस्नेत ७८३, यमलाल काडेल ६२६, रचना खड्का ४५९, राजन भट्टराई ५८१, लाल बाबु पण्डित ३९९, विनोद प्रसाद ढकाल ३५५, शेरधन राई ७६७ र हिक्मत कुमार कार्कीले ६७२ ल्याएका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update