ओलीले ८४१ ल्याउँदा ईश्वरले कति ल्याए ?
काठमाडौं - एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको ५० प्रतिशत मत गणना भइसकेको छ । सार्वजनिक मतपरिणाम अनुसार केपी ओली अगाडि छन् ।
बुधबारबाट भएको निर्वाचनको ४० वटा इलोक्ट्रोनिक मेसिनमा रहेको ११३९ मत गन्दा अध्यक्षमा केपी शर्मा ओली ८४१ मतसहित अगाडि छन् भने ईश्वर पोखरेलले २९६ मत ल्याएका छन् ।
यस्तै महासचिवमा शंकर पोखरेलले ६१३ र सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत ल्याएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

