काठमाडौं - एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । बुधबार बाट भएको निर्वाचनको १६ वटा इलोक्ट्रोनिक मेसिनको मत गनिसक्दा अध्यक्षमा केपी शर्मा ओली ३३३ मत ल्याएर अगाडि छन् भने ईश्वर पोखरेलले ११० मत ल्याएका छन् ।
यसैगरी उपाध्यक्षमा विष्णु प्रसाद पौडेल ३४९ मत ल्याए अगाडि छन् । उनलाई पृथ्बीसुब्बा गुरुले पछ्याएका छन् । गुरुङले ३५६ मत ल्याएका छन् । यस्तै राम बहादुर थापा बादल ३०९, रघुजी पन्त २५३, गोकर्ण राज विष्ट २५३, गुरु प्रसाद बराल २४२, अरुण नेपाल ८९, टंक प्रसाद कार्की ७५, पर्शुराम मेघी गुरु ८६, भिम प्रसाद आचार्य ५१ र बिन्दा पाण्डेले १६९ मत ल्याएका छन् ।
यस्तै महासचिवमा शंकर पोखरेलले २४९ र सुरेन्द्र प्रसाद पाण्डेले १९४ मत ल्याएका छन् । उपमहासचिवमा आनन्द प्रसाद पोख्रेल १३३, योगेश भट्टराई २४६, रघुविर महासेठ २६७, राजेन्द्र प्रसाद गौतम ५५, लेखराज भट्ट २९३, विष्णु प्रसाद रिमाल २२० र वैजनान चौधरीले ५७ मत पाएका छन् ।
यस्तै सचिवमा अग्नि प्रसाद खरेल १४९, इन्द्रलाल साप्कोटा ७४, कर्णबहादुर थापा १६६, खगराज अधिकारी २७९, कृष्ण गोपाल श्रेष्ठ ११४, गोकुल प्रसाद बास्कोटा १९२, छविलाल विश्वकर्मा ३११, ठाकुर प्रसाद गैरे १७५, पद्या कुमारी अर्याल ३०५, पुरुषोतम पौडेल ८६, भानुभक्त ढकाल २२५, महेश बस्नेत ३११, यमलाल काडेल २६९, रचना खड्का १६९, राजन भट्टराई २३६, लाल बाबु पण्डित ७३, विनोद प्रसाद ढकाल १४८, शेरधन राई ३०० र हिक्मत कुमार कार्कीले २७४ ल्याएका छन् ।

