Harsamaya
एमाले मतगणना: ओलीले ल्याए १५६ मत, पदाधिकारीमा ओली प्यानल नै अगाडि
केपी शर्मा ओली र ईश्वर पोखरेल ।

काठमाडौं - एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । २२३ मत गणना हुँदा अध्यक्षमा केपी शर्मा ओली १५६ मत ल्याएर अगाडि छन् भने ईश्वर पोखरेलले ६७ मत ल्याएका छन् । 

यसैगरी उपाध्यक्षमा विष्णु प्रसाद पौडेल १७३ मत ल्याए अगाडि छन् । उनलाई पृथ्बीसुब्बा गुरुले पछ्याएका छन् । गुरुङले १७१ मत ल्याएका छन् । यस्तै राम बहादुर थापा बादल १५३, रघुजी पन्त १२३, गोकर्ण राज विष्ट १३३, गुरु प्रसाद बराल १०९, अरुण नेपाल ३३, टंक प्साद कार्की ४३, पर्शुराम मेघी गुरु, ४७ भिम प्रसाद आचार्य २७ र बिन्दा पाण्डेले ९८ मत ल्याएका छन् ।

 यस्तै महासचिवमा शंकर पोखरेलले ११५ र सुरेन्द्र प्रसाद पाण्डेले १०८ मत ल्याएका छन् । उपमहासचिवमा आनन्द प्रसाद पोख्रेल ७१, योगेश भट्टराई १४०, रघुविर महासेठ १२६, राजेनद्र प्रसाद गौतम २६,  लेखराज भट्ट १४७,  विष्णु प्रसाद रिमाल १०५ र वैजनान चौधरीले ५४ मत पाएका छन् । 

यस्तै सचिवमा अग्नि प्रसाद खरेल ७७, इन्द्रलाल साप्कोटा ४१, कर्णबहादुर थापा ९३, खगराज अधिकारी १३२, कृष्ण गोपाल श्रेष्ठ ५९, गोकुल प्रसाद बास्कोटा १०४, छविलाल विश्वकर्मा १४५, ठाकुर प्रसाद गैरे ९३, पद्या कुमारी अर्याल १५२, पुरुषोतम पौडेल ४९, भानुभक्त ढकाल १०७, महेश बस्नेत १४८, यमलाल काडेल १२८, रचना खड्का ८३, राजन भट्टराई ११३, लाल बाबु पण्डित ७३, विनोद प्रसाद ढकाल ८२, शेरधन राई १४१ र हिक्मत कुमार कार्कीले १३८ ल्याएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update