Harsamaya
एमालेको मतगणना सुरु 
एमालेको मतगणना सुरु ।

काठमाडौं - एमालेको नयाँ नेतृत्वका लागि निर्वाचनको मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोग डा विजय सुब्बाले मतगणना भर्खरै सुरु भएको जानकारी दिए । 

 मतपरिणाम ३ घण्टामा सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए ।

केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा ३६ जना मतदानमा अनुपस्थित भए। मतदान बुधबार बिहान ९:१२ बजेदेखि सुरु भएको थियो।  

एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि करिब ६४२ जनाले उम्मेदवारी दिएका छन्। मतदान प्रक्रियामा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update