काठमाडौं - निर्वाचन आयोगले नयाँ नेतृत्वका लागि भएको एमालेको मतदानको मतपरिणाम ३ घण्टामा सार्वजनिक गर्ने तयारी भइरहेको जनएको छ । केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले मतदान सकिएपछिका प्राविधिक काम सकेर मतगणना शुरु भएको ३ घण्टामा परिणाम सार्वजनिक गरिने बताए ।
उनले भने ‘ बिहान ८ बजेदेखि मतगणना शुरु गर्ने तयारी गरिएको छ, मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ, मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।’
केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा ३६ जना मतदानमा अनुपस्थित भए। मतदान बुधबार बिहान ९ः१२ बजेदेखि सुरु भएको थियो।
एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि करिब ६४२ जनाले उम्मेदवारी दिएका छन्। मतदान प्रक्रियामा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो।

