काठमाडौं - नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत भएको मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका छन् । केन्द्रीय कमिटीका नेता र उम्मेदवारहरुसमेत मतदानमा अनुपस्थित देखिएका छन् । पार्टीको केन्द्रीय कमिटी सदस्य ६, अनुशासन आयोगका ४, निर्वाचन आयोगका २, लेखा आयोग १, विभाग बाट २ र २० जना महाधिवेशन प्रतिनिधि नै अनुपस्थित भएका छन् ।
एमालेको महाधिवेशनका लागि कूल २२६३ प्रतिनिधि भए पनि मतदानमा भने २२२७ जना मात्र सहभागी भए । एमालेका अनुसार मुकुन्द न्यौपाने, वसन्त नेम्वाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोष्टकुमार नेपाल र सरस्वती गौतम मतदानमा सहभागी भएनन् ।
यसैगरी, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजोपाध्य, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, असीम कोइराला, दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, मीना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल, गोमा नेपाली पनि मतदानमा सहभागी भएनन् ।

