अन्तिम चरणामा एमाले मतदान, १० जना बाँकी
काठमाडौं - नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको छ । बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार अहिले ८० जना मेसिनमा मतदान गरिरहेका छन् भने १० जनाले मतदान गर्न बाँकी रहेको छ । महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । तर शतप्रतिशत मत नखसेको निर्वाचन आयोगका एक प्रतिनिधिले बताए । स्रोतका अनुसार करिब ३६ मत खसेको छैन ।
मत परिणाम आजै सार्वजनिक हुनेछ । एमालेले ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ ०६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

