Harsamaya
फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैन - डा. शेखर
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ।

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । 

बुधबार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता कोइरालाले सरकार बने देखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताए । 

उनले आफूहरुले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भएपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरे । तोकिएको समयमा निर्वाचन नभए संसद पुनस्र्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ । नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे । 

फरक प्रसंगमा नेता कोइरालाले नेपाली कांग्रेसको विधान अनुसार शेर बहादुर देउबा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने जानकारी दिए । उनले तोकिएको समयमा नै कांग्रेसको महाधिवशेन हुनुपर्ने धारणा राखे । 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update