Harsamaya
आज देशभरको मौसम सफा रहने
सांकेतिक तस्वीर: हर समय/हर समय

काठमाडौं -  देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश बागमती प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ ।

पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update