Harsamaya
आज सुनचाँदीको मूल्य घट्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन एक हजार ७ सयले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भईरहेको सुन आज घटेर २ लाख ५९ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ । आज प्रतितोला तीन हजार तीन सय ३१ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update