एमालेको नयाँ नेतृत्वका लागि मतदान दिउँसो ३ बजेबाट
काठमाडौं - नेकपा (एमाले)को ११ औं महाधिवेशले आज मतदान मार्फत नयाँ नेतृत्व चयनका लागि दिउँसो ३ बजेबाट मतदान हुँदैछ ।
मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बाट मतदान हुने भनिएपनि समय परिवर्तन गरेर मतदान ३ बजेबाट सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाले जानकारी दिए ।
अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १, २०८२ ०८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

