Harsamaya
 सिन्धुपाल्चोकका सादगी नेता अरुण नेपाल एमालेको केन्द्रीय उपाध्यक्षको उम्मेदवार
अरुण नेपाल .

काठमाडौं - सिन्धुपाल्चोकका अरुण नेपाल एमालेको ११औं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बनेका छन् । सुनकोशी गाउँपालिकाका उनी उपाध्यक्ष ईश्वर पोखरेलको टिमबाट उम्मेदवार बनेका हुन् । तीन पटकसम्म पोलिटब्युरो सदस्य भएका नेपाल अहिले उपाध्यक्षमा भिड्दैछन् । 

इमान्दार र सादगी नेताको छवि बनाएका नेपाल २०७४ मा बागमती प्रदेश सभाका सदस्य हुँदै मन्त्रीसम्म भएका थिए । एमालेको महाधिवेशन शनिबारदेखि सुरु भएको हो ।

आइतबार बन्दसत्र गरेको एमालेले आज उम्मेदवारी दर्ता गरेको छ भने भोलि निर्वाचन हुने तय भएको छ । एमाले अ्धयक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update