यस्तो बन्यो ईश्वरको टिम
काठमाडौं - नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहको टिम बनेको छ । महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् ।
यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ । त्यसमा एक जना बढी भएकाले पछि छलफल गरेर मिलाइने बताइएको छ । यस्तै उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीको उम्मेदवारी रहेको छ ।
सचिवमा रचना खड्का , कर्ण थापा, गोकुल बास्कोटा , विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैर, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी परेको छ ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान गर्ने कार्यक्रम छ भने अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

