Harsamaya
ओली टिममा हेरफेर: भट्ट उपमहासचिवमा बढुवा, ढकाल सचिवमा घटुवा
भानुभक्त ढकाल र लेखराज भट्ट ।

काठमाडौं - नेकपा एमालेको जारी ११औं महाधिवेशनमा केपी शर्मा ओलीको टिममा सचिव र उपमहासचिवमा हेरफेर भएको छ ।

सचिव पदमा उम्मेदवार हुने भनेका लेखराज भट्टले असहमति जनाएपछि उनलाई उपमहासचिवको उम्मेदवारीमा पदोन्नति गरिएको छ । उपमहासचिवका उम्मेदवार बनेका भानुभक्त ढकाल भने सचिवमा घटुवा भएका छन् । 

भट्टले सचिव पदमा नलड्ने बताएपछि पद साटासाट गरेर विवाद मिलाइएको ओलीनिकट एक नेताले बताए । 

नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान गर्ने कार्यक्रम छ भने अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update