Harsamaya
एमालेको अध्यक्षको उम्मेदवारी शुल्क १५ हजार, अरुको कति ?

काठमाडौं - नेकपा एमालेको जारी ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि पाँच देखि १५ हजार शुल्क तोकिएको छ ।  

केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्षका लागि १५ हजार शुल्क तोकिएको छ ।

केन्द्रीय पदाधिकारीकालागि १० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताका लागि पाँच हजार शुल्क तोकिएको छ । 

यस्तै केन्द्रीय आयोग अध्यक्षका लागि १० हजार र केन्द्रीय आयोय पदाधिकारी तथा सदस्यलाई पाँच हजार शुल्क तोकिएको छ । 

नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान गर्ने कार्यक्रम छ भने अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update