एमालेको निर्वाचन कार्यतालिका हेरफेर
काठमाडौं - नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा निर्वाचन कार्यतालिका हेरफेर गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि निर्धारित कार्यतालिका केही संशोधन गरेको हो ।
संशोधित कार्यतालिका अनुसार आज सोमबार दिउँसो २ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गरिनेछ ।
यस्तै, ३:३० बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ताको समय निर्धारण गरिएको छ ।
उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउँसो ४ बजे प्रकाशन गरिनेछ भने, ४ देखि ४:३० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तय गरिएको छ ।
उजुरीउपर छानबिन र निर्णय साँझ ५ बजेसम्म, उम्मेदवारको नाम फिर्ता साँझ ५ देखि ६ बजेसम्म लिन सकिनेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ १३:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

