सुन तोलाको १९ सय रुपैयाँले बढ्यो
काठमाडौं - आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८७० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ ११:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

