Harsamaya
एमाले महाधिवेशनः उम्मेदवारको मनोनयन सुरु
उम्मेदवार मनोनयन गर्दै एक उम्मेदवार ।

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन सुरु भएको छ । 
 
निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०:३० देखि उम्मेदवारको दर्ता मनोनयन हुने भनिएपनि भर्खरै मनोनयन सुरु भएको  एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । 

आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सुरु गरेको हो । 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update