Harsamaya
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे  पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरू उपस्थित हुनेछन् । 

कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएकोमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो ।    उपाध्यायको आइतबार बिहान उपचारको क्रममा काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको हो। उनी मोरङ क्षेत्र नम्बर–१ (हाल २) बाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update