Harsamaya
बदलिएको परिस्थितिले बदिलउ भनेको, अंक बढाउ भनेको हैन -  ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ।

काठमाडौं - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिएको परिस्थितिले अंक बढाउ नभनेको  बताएका छन् । केन्द्रीय कमिटी बैठकमा पदाधिकारीको संख्या बढाउने प्रस्ताव आएपछि त्यसको प्रतिवाद गर्दै पोखरेलले यस्तो बताएका  हुन् । 

‘परिस्थितिले हामीलाई जबरजस्त बदलिउ भनेर सन्देश दिएको छ’ उनले भने, ‘के संख्या बढाएर क्षमता बढ्छ।’ उनले विधान आफू अनुकूल परिवर्तन गरिरहने कुरा नभएको बताएका छन् । ‘के हाम्रा विधानहरू अस्थायी हुन्, जे अनुकूल हुन्छ त्यही गर्दै जाने ?’, उनले प्रश्न गरे ।

हिजो विधान अधिवेशनले नै केन्द्रीय कार्यसमितिको संख्या घटाउ भनेर सुझाव दिएपछि घटाएको उनले बताए । महाधिवेशनमा महासचिवले प्रस्तुत गरेको कार्यसूची अनुसार चल्नुपर्ने उनको तर्क छ । 

२ कार्यकालको कुरा उठेको र त्यसबारे बैठकमा कुनै छलफल नभएको उनले बताए । ‘अध्यक्षको २ कार्यकालबारे पनि कुरा उठेको छ , यसबारे छलफल नहुने ? अरु हुने ? यस्तो तर्कले हामीलाई कता पुर्याउँछ’, उनले प्रश्न गरे । 

अहिले उनी संस्थापनइतर खेमाको नेतृत्व गर्दै एमाले अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

आइतबारको केन्द्रीय कमिटी बैठकले पार्टी पदाधिकारीको संख्या बढाएर १९ कायम गर्ने निर्णय गरेको छ भने केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने बताएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update