काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने भएको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष एक, उपाध्यक्ष ५, महासचिव एक, उपमहासचिव ३, सचिव ९ जना हुने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए । अब वरिष्ठ उपाध्यक्ष पद भने राखिने छैन ।
एमालेले विधान संशोधन गर्दै पुरानै संगठनात्मक संरचनामा फर्किएको हो । उनका अनुसार स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय हुनेछ ।
११ औं महाधिवेशनको बन्दसत्र शुरू हुनुअघि आइतबार भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
ईश्वर पाेखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, याेगेश भट्टराई , गाेकर्ण विष्टसहित पदाधिकारीले विधान संशाेधन नगराैं भन्ने धारणाा राखेका थिए ।
यसअघि भदौमा सम्पन्न भएको विधान महाधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन र सचिव सातसहित १५ सदस्य रहेको पदाधिकारी बनाउनेगरि विधान संशोधन गरेको थियो । यस्तै, २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरिएको थियो ।

