एमालेको महाधिवेशनको बन्दसत्र आज अपरान्हदेखि
काठमाडौं - नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत आजबाट सुरु हुने बन्दसत्रको समय सरेको छ ।
आइतबार बिहानदेखि काठमाडौं भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने भनिएको बन्दसत्र भने मध्याह्न १२:३० बजेको लागि सारिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले बिहानका लागि केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्रको समय सरेको हो ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी मार्फत अघि सारेका विभिन्न प्रस्ताव बन्दसत्रमा पेस हुनेछन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ ०९:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

