Harsamaya
सभामुख घिमिरेद्वारा एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई

काठमाडौं - सभामुख देवराज घिमिरेले नेपाल प्रिमियर लिग (एनपिएल) का विजेता लुम्बिनी लायन्सलाई बधाई दिएका छन् ।सामाजिक सञ्जाल मार्फत उनले खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि उपविजेता, सम्पूर्ण टिम, खेलाडी, प्रशिक्षक, आयोजक र खेल प्रेमी सबैलाई विशेष धन्यवाद दिए ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि चुमेको हो ।सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा गर्‍यो ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update