Harsamaya
ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ताप्लेजुङको ओलाङचुङगोला र चीनको तिब्बत सीमा क्षेत्र आसपास केन्द्रविन्दु बनाएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका क्षेत्र तथा पूर्वी नेपालका विभिन्न स्थानमा महसुस गरिएको थियो।

भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासी त्रसित भएका थिए। यद्यपि भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भए–नभएकोबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको केन्द्रले जनाएको छ।


 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update