कस्तो रहला आज देशभरको मौसम?
काठमाडौं - हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ ०६:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

