Harsamaya
सुनचाँदीको मूल्य बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८०५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ७५० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update