Harsamaya
नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं - नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बिहान ८ : ३० बजेदेखि बस्दै छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बस्न लागेको बैठकमा महाधिवेशन नजिकिँदै गर्दा हालसम्मका तयारी र अब गर्नै पर्ने कामका सन्दर्भमा छलफल हुनेछ । मूल समितिको संयोजक महासचिव शङ्कर पोखरेल हुन् भने सचिव उपमहासचिव पृथ्वी सुब्बा गुरुङ हुन् ।

आज १४ वटै समितिका संयोजकहरूले आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् भने बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको विषयमा पनि जानकारी गराइने छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update