अखिल क्रान्तिकारीका अध्यक्षमा सापकोटा विजयी

काठमाडौं - अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७४ मतान्तरले पराजित गर्दै सापकोटा अध्यक्ष निर्वाचित भएका हुन्।
नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन क्रान्तिकारीको मतगणना पछि हालै उनको नाम सार्वजनिक भएको हो । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको मतगणनाबाट सापकोटा अध्यक्ष निर्वाचित भएका हुन्।
यसअघि महासचिवमा रोशन थापा मगर विजयी भएका हुन ।
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१ २१:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय