कविता : हारे पनि नहार्ने मन
पत्तो हुँदैन कसरी परीक्षा लिन्छ
मेरो ईश्वरले,
कहिले आँधीजस्तै कडा,
कहिले शीतल स्पर्शजस्तै मधुरो ।
हिम्मत हार्ने बेला
अचानक ढाडस दिन्छ,
डगमगाएका खुट्टामा
साहस थोपारिदिन्छ ।
बाटो कठिन देखाएर पनि
पछाडि फर्किन कहिल्यै दिँदैन,
जीवनका हरेक मोडमा
हारेर बस्न मनले मानेनै दिँदैन ।
साच्चै कसरी परख्छ मैले जान्दिनँ,
हरेक चोटमा शक्ति खोजिदिन्छ,
कठिन परीक्षा दिन बाध्य पार्छ,
फेरि उठ्ने नयाँ शक्ति र आशमा ।
जिताएरै बिदाइ गर्छ अन्त्यमा,
पर्खिन पनि जान्छ समयले ।
दुःख त कति हो-गन्नै नसकिने,
तर हरेक पीडाबाटै
ऊ नयाँ शक्ति र आशा दिन्छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२ ०७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

