झापा १ बाट महामन्त्री शर्माको नाम एकल सिफारिस
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम झापा क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको छ ।
२१ फागुनमा हुने निर्वाचनका लागि झापा १ बाट शर्माको नाम क्षेत्रीय समितिले एकल रूपमा जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो ।
‘उहाँको नाम सर्वसम्मती रूपमा हामीले एकल रूपमा सिफारिस गरेका हौं‚’ क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले भने।
शर्माले २०७९ को निर्वाचन यहाँबाट जितेका हुन् । त्यसअघी भएको २०७४ को निर्वाचनमा शर्मा यहाँबाट पराजित भएका थिए भने २०७० को संविधान सभा निर्वाचन पनि उनले यहीँबाट लडेका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२ १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

