काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न सिफारीस भएकी छन् ।
उनको नाम कैलाली क्षेत्र नम्बर ५ बाट पहिलो नम्बरमा सिफारिस भएको हो ।
मंगलबार बसेको क्षेत्रीय समिति बैठकले केन्द्रीय सदस्य राणाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो ।
उनीसँगै विघटित प्रतिनिधिसभाका सदस्य डिल्लीराज पन्त, सुदूरपश्चिम प्रदेश कार्यसमिति महामन्त्री नरनारायण शाह ‘मनु’ र केन्द्रीय सदस्य नृपबहादुर ओडको नाम पनि सिफारीस भएको छ ।
प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिसमा परेका पन्त गत निर्वाचनमा कैलाली–५ बाट नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

