सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।
सोमबार २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोवार भैइरहेको सुन घटेर आज २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२ १२:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

