Harsamaya
बडीमालिका नगरपालिकामा ३६ जना बालबालिकाहरु विद्यालय बाहिर
नगरपालिकाको आयोजना र पीसविन नेपालको सहयोगमा भएको छलफल कार्यक्रम ।

बाजुरा - बाजुराको बडीमालिका नगरपालिकामा करिब ३६ जना बालबालिकाहरु विद्यालय बाहिर रहेको छन् । नगरपालिकाको आयोजना र पीसविन नेपालको सहयोगमा भएको छलफल कार्यक्रममा तथ्यांक सार्वजनिक भएको हो ।

प्लान इन्टरनेशनल नेपालको सहकार्यमा पीसविन नेपालद्धारा सञ्चालित आभा परियोजनाले गरेको सर्वेक्षण अनुसार करिब ३६ जना बालबालिका बाहिर रहेको पाइएको हो ।

सर्वेक्षणको तथ्यांक अनुसार ५ बर्षदेखि १७ बर्षसम्मका २१ जना छात्र र १५ छात्रा गरी ३६ जना विद्यार्थी बाहिर रहेको पाईएको हो । सर्वेक्षण अनुसार ३६ जना बालबालिका विद्यालय बाहिर रहेको र एकिन रिर्पोटमा संख्या थपघट हुन सक्ने पीसविनबाट सञ्चालित आभा परियोजना संयोजक पदम बहादुर कठायतले बताए ।

बाहिर रहेका बालबालिकालाई कसरी विद्यालयमा ल्याउन सकिन्छ भन्ने विषयमा विद्यालयका शिक्षक, जनप्रतिनिधि तथा विषयगत शाखा प्रमुखसँग छलफल गरिएको समत कठायतले बताएका छन् । पालिकाले नीति र योजना निर्माण गरेर बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा ल्याउने वातावरणमा बनाउनुपर्ने कुरामा छलफल गरिएको हो।

कार्यक्रममा नगर उपप्रमुख नन्दा कुमारी थापाले अपांगताका कारण केही बालबालिका घरमै रहेको र केही भारतमा रहेको भन्दै बृहत छलफल गरेर उनीहरुलाई विद्यालयमा ल्याउन सकिने बताएकी हुन्। पालिकाले विशेष समन्वय,सहकार्य गरेर ती बालबालिकाहरुलाई विद्यालय ल्याउन प्रयास गर्ने बताएकी हुन्।

नगर उप प्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा अध्यक्ष,विषयगत शाखा प्रमुख,मालिका नमुना माविका प्राचार्य शुभराज पाध्याय, आभा परियोजना संयोजक पदम कठायत,कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update