Harsamaya
पश्चिमी वायुको आंशिक प्रभाव, कोशी र गण्डकी प्रदेशमा हल्का बर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग ।

काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update