Harsamaya
सिन्धुपाल्चोक २ बाट राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि २३ जना आंकाक्षी
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को बैठकमा सभापति आइतमान तामाङ, काँग्रेस नेता विष्णु विक्रम थापा, वंशलाल तामाङ र राजु गोर्खाली ।

काठमाडौं - नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले आसन्न निर्वाचनका लागि राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि २४ जना उम्मेदवार आंकाक्षी देखिएका छन् । क्षेत्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा राष्ट्रिय सभाका लागि चार जना र प्रतिनिधिसभाका लागि २० जनाले उम्मेदवारीका लागि आंकाक्षा राखेका हुन् । 

राष्ट्रिय सभाका लागि राजेन्द्रमान ताल्चाभँडेल, श्री लामा, दया मिश्र र विष्णु खड्काको नाम आएको पार्टी प्रवक्ता नवराज भट्टराईले जानकारी दिए । प्रतिनिधसभा प्रत्यक्षतर्फ मोहन बहादुर बस्नेत, विष्णु विक्रम थापा, भुपेन्द्र थापा, निमा लामा, जंग बहादुर लामा, राजेन्द्र बहादुर गोर्खाली, वंशलाल तामाङ, भरत खड्का, बिल बहादुर तामाङ, उद्वव बाँनिया, विकास तामाङ, सुर्य न्यौपाने, विष्णु घोरासैनी, राधिका पौडेल, जमुना दंगाल, जित बहादुर थिङ र पासाङ दोङको नाम उम्मेदवारीका लागि आएको छ ।

यस्तै प्रतिनिधसभा समानुपातिक तर्फ शिव बहादुर सुनार, सानुमाया हिमालय र लक्ष्मी सुनार रहेका छन् । पार्टीको केन्द्रीय सर्कुलर अनुसार प्रत्यक्षतर्फ एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि बैठकमा उपस्थित महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र अन्य आकांक्षीहरू धेरै भएपछि धेरै जनाले उम्मेदवारी दाबी गरेका हुन् ।

निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन तोकेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update