Harsamaya
आज देशभरको मौसम सफा रहने
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ ।

आज राती भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणता बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update