Harsamaya
 चिया पसलको भीडभाडमा हवाई आक्रमण: १८ जनाको मृत्यु, २० घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

एजेन्सी - मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ताले घटनाको  पुष्टि गरेका छन् । 

सन् २०२१ मा सेनाले सैन्य ‘कु’ मार्फत् सत्ता कब्जा गरेदेखि म्यानमार गृहयुद्धले थिलथिलो भएको छ र यसको अनेकौँ ‘कु’ विरोधी लडाकुहरूसँगको लडाँइका क्रममा बारम्बार हवाई हमला भइरहेका छन् । सरकारी सेनाले गरेका यस्ता आक्रमणमा प्रायः सर्वसाधारणको मृत्यु हुने गरेको छ ।

एक स्थानीय प्रशासनिक अधिकारीका अनुसार शुक्रबार साँझ सागाइङ क्षेत्रको तबाइन नगरमा दुईवटा बम खसालिएका थियो, जसमध्ये एउटा भीडभाड भएको चिया पसलमा लागेको थियो ।

आक्रमणमा १८ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् ।

‘चिया पसलमा भीडभाड भएको समयमा आक्रमण भएकाले त्यहाँ धेरैको मृत्यु भयो,’उनले भने ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update