Harsamaya
जनकपुर कप्तान परिवर्तन गरेको गरेइ
जनकपुर बोल्ट्स ।

काठमाडौं - साविक विजेता जनकपुर बोल्ट्सले एनपिएलको जारी सिजनमा  फेरि  कप्तान परिवर्तन गरेको छ ।

आज लुम्बिनी लायन्सविरूद्ध खेलमा जनकपुरले जान निकोल लफ्टि इटनलाई कप्तान बनाइएको हो ।

जनकपुरका लागि इटन जारी सिजनका तेस्रो कप्तान बनेका हुन् । सुरुआती तीन खेल अनिल शाह, दुई खेल वायन पार्नेल र आज जान निकोल लफ्टि इटनले टोलीको कप्तानी गर्दैछन् । 

आज पार्नेल अन्तिम ११ मासमेत परेका छैनन् । लगातार खराब प्रदर्शन गरिरहेको जनकपुरले पाँच खेलबाट हालसम्म तीन अंक मात्रै जोडेको छ । ‘प्लेअफ’को सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब जनकपुरलाई छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update