Harsamaya
हेटौंडामा भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुँदै 
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी ।

काठमाडौं - सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला सुरक्षा समितिले पछिल्ला अवस्थाको सूक्ष्म अध्ययन गर्दै विस्तृत सुरक्षा योजना पारित गरिसकेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी बताउँछन्।

हालको घटनाक्रम हेर्दा ठूलो सुरक्षा चुनौती देखिएको छैन। व्यवसायी र स्थानीय बासिन्दाले सहयोग गरिरहनु भएकोमा धन्यवाद दिन चाहन्छु।”

अदालतको आदेशअनुसार ‘राइट अफ वे’ खाली गर्ने प्रक्रिया स्थानीयको सहकार्यमा अगाडि बढिरहेको प्रशासनको दाबी छ। भोलिदेखि विस्तार कार्य औपचारिक रूपमा अघि बढाइने तयारी सम्पूर्ण भइसकेको प्रमुख अधिकारी अधिकारीले जानकारी दिएका छन्।

उत्तेजनात्मक गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै उनले भने,‘कसैले पनि कानुन हातमा नलिनुहोस्। कुनै गैरकानुनी गतिविधि देखिएमा कानुनअनुसार कडाइका साथ कारबाही हुनेछ।’

प्रशासनको कडाइ, स्थानीयको सहकार्य र स्पष्ट सुरक्षा रणनीतिसँगै हेटौंडामा सडक विस्तारले गति लिने संकेत देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update